लुकेका कथा

धेरै जन देखेको छु

धेरै अवस्थामा भेटेको छु

सामाजिक परिवेसमा अपाच्य,

अवस्थामा तीनलाई भेटेको छु

पात्र सबैलाई हासोको

अनि टाडीएर भाग्न पर्ने

कसैले उसलाई बौला भन्ने

कसैले उसलाई पागल भन्ने

 

एउटा प्रस्न गहिरो

उठिरहने उसलाई देख्दा

थिएन होला ऊ त्येस्तै

पहिलो पाईला धर्तीमा टेक्दा

उसका पनि थिए होलान

सोच गहिरो, सायद धेरै

उसका पनि थिए होलान

आशा सपना, तर अधुरै

 

के बाध्यता आयो उसलाई

किन कपालको बन बनायो

सरिर ढाक्दै हुर्केको उसलाई

आज के सोचले नाङ्गो बनायो

आज ऊ कराउदै हिड्छ

सायद कुरा सुन्न कोइ थिएन

आज ऊ फोहोरी हिंड्छ

सायद उसका स्वच्छताको कदर भएन

 

उसले सोचेको संसार सायद

बन्न नपाउदै भत्कियो कि

उसका सपना आशा र चाहना

नजोडिने गरेर चर्कियो कि

उसको केहि चोट त छ

काँडा केहि बिझेकै छ

इज्जत, प्रतिष्ठा, नाता त्यागेर

त्येसैले त्यसरी हिडेको छ

 

उसको कथा छ, गहिरो

अनेक तरिकामा जुन् बयान भएको छ

समाजमा भनिएको सुनिएको एउटा

 

तर कथाको भाव र चोट उसैभित्र लुकेको छ lllllll

Bisesh Sangat Written by:

I am a Communication Practitioner. I mainly work with people and try to feel their story. I also am a music lover, a traveller and I am a huge Manchester United fan.

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *