चार्ल्स सोभराजको मुटु

चार्ल्स सोभराज : इनसाइड द हार्ट अफ दि बिकिनी किलर’ भन्ने किताबको आवरण सामाजिक सञ्जालमा देखिएलगत्तै एउटा उत्सुकता मनमा पलाइसकेको थियो । सेलेब्रिटी अपराधीबारे चिनजानकै व्यक्तिले लेखेको किताब जो थियो ।

निकै प्रतीक्षा गरिरहेको यो किताब सुरु गरेको लगभग ६ घन्टामै पढिसकेँ पनि । कफी पसलमै मेरा लागि विनियोजित किताब साथी निरजले ६ घन्टामै पढिसिध्याएका थिए । यसबाटै बुझ्न सकिन्छ, किताब एक बैठानमै पढिसिध्याउन सकिन्छ । सात हजार मुटु खोली मर्मत गरेर धेरैको जीवन बचाइसकेका डाक्टरलाई एउटा कुख्यात अपराधीको मुटुको शल्यक्रिया गर्दाका उत्सुकता, दोमन, दोधार, डर त किताबमा साह्रै मजाले बयान गरिएको छ नै, सँगसँगै चार्ल्स शोभराजको कहानी पनि उत्तिकै बहँदा किताब सकिएको चालै पाइएन । तिर्खालाई पानीले तृप्त पारेको जस्तो अनुभूति भयो ।

तत्कालीन अवस्थामा लेखकको मनको अशान्ति र उनको उत्सुकतालाई निकै नै रोमाञ्चक रूपमा प्रस्तुत गरिएको हुनाले ती कुरा बुझ्न या भनौँ महसुस गर्न निकै सहज भयो । चाहे आफ्नो जाँचकक्षमा होस् या शल्यक्रिया कक्षमा या त शल्यक्रियापछिको बिरामी कक्षमा, त्यहाँ डाक्टर र एउटा बिरामी मात्र थिएनन्, सँगसँगै भावना, उत्सुकता, असहजता र जवाफका खोजीमा भौँतारिइरहेका प्रश्न पनि सँगै थिए । शल्यक्रियाको र स्वास्थ्य क्षेत्र सम्बन्धित शब्दलाई पनि सामान्य पाठकले सहज रूपमा बुझ्ने गरी प्रस्तुत गरिदिँदा बुझ्न त सजिलो भयो नै, साथसाथै एउटा काल्पनिक चित्र पनि कोर्न सहज भयो ।

किताब सुरु गरेको धेरै बेरसम्म म चार्ल्स शोभराजलाई कुरिरहेँ । आमिर खानको ‘सिक्रेट सुपरस्टार’ हेर्न बस्दा आमिर खान कतिखेर आउ“छन् भन्ने खालको प्रतीक्षा थियो त्यो । किताबको सुरुवातमा साथीहरूलाई परिचय गराउ“दा, यात्राको विवरण सुन्दा लेखकको साथीहरूसँग प्रेमको गहिराइ र यात्राको लागि भोक स्पष्ट थियो । तर, चार्ल्स शोभराज अझ आइरहेका थिएनन् । किताबका साथी पात्र सबैलाई व्याक्तिगत रूपमै मैले पनि निकै राम्रोसँग चिन्ने भएका कारण झन् रमाइलो लागेको हो ।

तर, एउटा सामान्य पाठकका रूपमा सोच्दा मलाई ती पात्र किन त्यति जरुरी थिए, भन्ने जिज्ञासा भयो । मनमा त्यही सोच चलिरह“दा केही छिनमा फोन बजेपछि अप्रत्यक्ष रूपमै भए पनि चार्ल्स शोभराजको प्रवेश भयो र मेरो खोजीले नि गन्तव्य पायो । र, लेखकको उत्सुकता र मनोवादसँगै म पनि बहिरहे ।

किताब सुरु गरेको धेरै बेरसम्म म चार्ल्स शोभराजलाई कुरिरहेँ । आमिर खानको ‘सिक्रेट सुपरस्टार’ हेर्न बस्दा आमिर खान कतिखेर आउँछन् भन्ने खालको प्रतीक्षा थियो त्यो । किताबको सुरुवातमा साथीहरूलाई परिचय गराउँदा, यात्राको विवरण सुन्दा लेखकको साथीहरूसँग प्रेमको गहिराइ र यात्राको लागि भोक स्पष्ट थियो ।

मेरो मन लेखक भन्दा पनि उहाँको सहायक भूमिकामा रहेको महिला पात्रजत्तिकै व्याकुल थियो । लेखकलाई सामाजिक सञ्जालमा विभिन्न मुद्दामा डटेर लागेको देखेकै हो । र, जेमा लाग्नुभएको छ, त्यसमा कडै रूपमा लागिपरेको देखिन्छ । उहाँको राजनीतिक र सामाजिक चासो कुनै अनजान कुरा होइनन् र उनको त्यो पाटो किताबमा पनि राम्रै देखिन्छ । मिलेका ठाउँमा उनले एनसेलको कर विवाददेखि एम्बेसीका फुटपाथ मिच्याईसम्ममा आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्, जुन केही ठाउँमा सान्दर्भिक छन् ।

तर, केही ठाउँमा उठाइएका केही विषय भने जरुरतभन्दा ज्यादाजस्ता पनि लाग्छन् । एउटा गतिमा अगाडि बढिरहँदा केही अरू विषयमा अलि बढी शब्द खर्चेको हो कि जस्तो लाग्यो । कहिलेकाहीँ गन्तव्य पुग्न हतार भएको यात्रामा यति रमाइलो हुन्छ कि बाटोमा देखिएका सुन्दर दृश्यमा नि वास्ता हुँदैन ।

किताबको पात्र र शल्यक्रिया गर्ने डाक्टरको पात्रको उत्सुकता र प्रश्न ममा पनि यसरी उत्पन्न भएका थिए कि ती कुराले खासै नबहकी म अगाडि बढी नै रहेँ । वेलावेला बीचमा लेखकका जीवनको अरू घटनाको विस्तृत वर्णनले कथाबाट मोड्न खोजे तापनि उत्सुकता मेट्ने तृष्णाले अगाडि तानी नै रह्यो । व्यक्तिगत रूपमा केही कथानकका प्रस्तुतीकरण साह्रै रमाइलो लाग्यो । मलाई कुर्सीमा बसेको एलेन र अन्तर्वार्ता लिने व्यक्तिको त्यो अन्तर्क्रिया निकै नै रमाइलो लाग्यो ।

अन्तर्वार्तामा खोतलिएका ती कुरा निकै नै रोमाञ्चक थिए । किताबका केही अंशमा एक्लै हाँसियो पनि, शोभराजको अहं हेर्दै डाक्टरले आफ्ना दिमागमा शोभराजलाई नेपालको चिकित्सा पर्यटन दूतको रूपमा परिकल्पना गरेको भागमा भने केही बेर मज्जाले हा“सेँ । सा“च्चै नै कस्तो हुन्थ्यो होला त, चाल्र्स शोभराज, एक कुख्यात अपराधीले नेपालमा चिकित्सा पर्यटनका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्दा ?

हिप्पीकालबारे धेरै कहानी सुनिएकै, पढिएकै हो । प्रायः रमाइला जसमध्ये ‘हरे कृष्णा हरे रामा’ चलचित्रले नि धेरै भूमिका खेल्छ । हिप्पीकालका नशिला रमझम, जिन्दगीप्रतिको उनीहरूका मान्यता र जिउने तरिका, उनीहरूको संगीत र हाम्रो संगीतमा पारेको प्रभाव पनि कुनै नौला कुरा होइनन्, तर पर्दापछाडिका काला घटना, कुकृतिलाई नि जोड्नु, शोभराजजस्ता दानवको उदयका कुरालाई जोड्नु पनि निकै नै रमाइलो विषय लाग्यो ।

समग्रमा एउटा पाठकका रूपमा मलाई किताब निकै नै रमाइलो लाग्यो, विषयवस्तु र त्यसको प्रस्तुतीकरणले तानी नै रह्यो । सामाजिक सञ्जालमा र अखबारी लेखमा निडर र निर्मम तरिकाले सामाजिक, राजनीतिक विषयमा भिडिरहने लेखकको मनोवादको विषय र त्यसको गहिराइ देखेर चकित पनि भएँ । उनले दोस्रो भाषामा आफ्नो एउटा अनुभवलाई सरल शब्द र सहज रूपमा प्रस्तुत गरी पाठकलाई किताबको अन्त्यसम्म उत्सुक बनाई अगाडी बढाउन सक्नु निकै नै सराहनीय र प्रशंसनीय कला हो ।

तर, लेखनकै क्रममा व्याक्तिगत जीवनका अरू धेरै कुरालाई केही ठाउँमा विस्तृत रूपमा बयान नगरेको भए र कथाको मूल पात्रसँग सम्बन्ध नभएका आफ्ना प्रिय मित्रहरूमा धेरै समय नखर्चेको भए सुनमा सुगन्ध थपिन्थ्यो कि भन्ने महसुस भयो ।

(मिति २०७२ मङ्सीर २९ गते नयाँपत्रिकामा प्रकाशित | Published in Nayapatrika on 15th December, 2018)

https://www.nayapatrikadaily.com/news-details/169/2018-12-15

Bisesh Sangat Written by:

I am a Communication Practitioner. I mainly work with people and try to feel their story. I also am a music lover, a traveller and I am a huge Manchester United fan.

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *